१२ भदौं ०७९, काठमाडौं । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले महानगरका मेयर वालेन शाहको काममा आफ्नो सहयोग रहेको बताएकी छिन् ।
विज्ञप्ती प्रकाशन गरेर उपमेयर डंगोलले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने हटाउने अभियान काठमाडौँ महानगरपालिकाको रहेको बताएकी छिन् ।
उनले आफू काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा रहेको रकानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराएको बताएकी छिन् । उनले भनेकी छिन्,काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने मेरो एजेण्डाप्रति म सजग र सचेत रहेको पनि स्मरण गराउन चाहन्छु ।’उनले सञ्चारमाध्यमहरुमा महानगरपालिकाको पछिल्लो अभियानसँग मलाई जोडी आम महानगरवासीमा समेत भ्रम सिर्जना गर्ने गरी समाचार सम्प्रेषण गरेकोमा उनको असन्तिष्टि छ ।
पत्रकारिता क्षेत्रलाई राष्ट्रको चौथो अंगका रुपमा लिइने गरिएको र निरन्तर यही क्षेत्रमै लागिरहृका भएका पत्रकारहरुलाई पत्रकारिताका तीन सिद्धान्त सत्यता, सन्तुलन र विश्वसनीयताका बारेमा आफूले व्याख्या गर्नु पर्ने आवश्यकता नरहेको बताउदै पत्रकारिताको धर्म र मर्मलाई समेत सामान्य हेक्का नराखी वा मसँग जोडिएका समाचारमा मेरो कुनै प्रतिक्रिया नै समावेश नगरी एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण गरेकोमा उनको असहमती छ ।
प्रतिक्रिया