४ माघ २०८२, शनिबार | Sun Jan 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


त्रिविमा अनेरास्ववियु र नेविसंघबीच ढुंगा हानाहान, इन्स्पेक्टरसहित २ विद्यार्थी नेता घाइते



१२ भदौं ०७९, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयमा झडप भएको छ। आइतबार त्रिभुवन विश्वविद्यालय प्रशासनको पत्रकार सम्मेलन नेविसंघका विद्यार्थी समूहले सम्मेलन विथोल्ने प्रयास गर्दा झडप भएको हो।

त्रिवि प्रशासनले पत्रकार सम्मेलन गरेको थियो। सोहि समयमा नेविसंघले उपकुलपतिले राजीनामा दिनुपर्ने, हुबहु प्रश्नपत्रबारे छानबिन समितिको प्रतिवेद सार्वजनिक गरिनुपर्ने लगायत माग राखेर प्रदर्शन गरिरहेको थियो।

उक्त प्रदशनलाई अनेरास्ववियुले हस्तक्षेप गर्न खोज्दा अनेरास्ववियु र नेविसंघबीच ढुंगा हानाहान भएको हो। झडपको क्रममा नेविसंघका नेता भुवन जोशी, किशोर भण्डारी लगायत दर्जन भन्दा बढी नेता कार्यकर्ता घाइते भएको नेविसंघका नेता श्यामराज ओझाले बताए।

तर, त्रिविले हाम्रो फाइल लुटियो भनि प्रेस विज्ञप्ति निकालेको र सोही विषयमा राखिएको प्रेस कन्फरेन्समा आफ्ना माग सुन्नका लागि आग्रह गर्दै प्रर्दशन गरेको उनले बताए। त्यहि प्रर्दशनमाअनेरास्ववियुले ढुंगा हानेको उनको भनाइ छ।

 

 

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ७ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।