१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


लगनखेल क्षेत्रमा लामखुट्टे नियन्त्रण गर्न विषादी छरियो



तस्बिरः अनलाइन खबरबाट

१२ भदौ ०७९, ललितपुर । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले डेंगु रोग फैलाउने लामखुट्टे नियन्त्रण गर्न ललितपुरमा विषादी छर्केको छ । लामखुट्टे नियन्त्रण हुने भन्दै युवा संघले लगनखेल बसपार्क र वरपर फगिङ मेसिन मार्फत विषादी छर्केको हो । सेनिटाईजर,पानी र मट्टीतेल प्रयोगबाट निस्केको धुँवाका कारण यहाँको वातावरण उकुस मुकुस भएको थियो ।
फगिङ मेसिनमा यी पदार्थ बाल्दा निस्केको कार्वनडाइअक्साइटको धुँवाले मानव स्वास्थ्यमा गम्भिर असर गर्ने स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिस विष्ट बताउछन् ।
फगिङ मेसिन हान्दा उडेको धुवाँबाट जोगिन सर्वसाधारणले नाक र मुख छोपेका थिए । लामखुट्टे नियन्त्रणका नाममा विषादी छर्किँदा सर्वसाधारण भने प्रभावित भएका थिए ।
युवा संघ ललितपुरका अध्यक्ष चिन लामाले बाताबरणलाई असर गर्ने कुनै खालको बिषादी भने प्रयोग नगरिएको बताए । लामखुट्टे नियन्त्रणको लागि सेनिटाईजर,पानी र मट्टीतेल प्रयोग गरिएको उनको भनाई छ ।

फगिङ मेसिन हान्दा उडेको धुवाँबाट जोगिन सर्वसाधारणले नाक र मुख छोपेका थिए । लामखुट्टे नियन्त्रणका नाममा विषादी छर्किँदा सर्वसाधारण भने प्रभावित भएका थिए ।

 

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  १० : ४६ बजे