१३ भदौ ०७९, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा बुहारीको कुटाइबाट ससुराको ज्यान गएको छ।
हेलम्बु गाउँपालिका–१ गोवागाङ बस्ने ८० वर्षीय कामीढिण्डु लामाको उनकै बुहारी वर्ष २३ की रीता तामाङको कटाइबाट मृत्यु भएको हो।
आइतबार अन्दाजी ४ बजेको समयमा घरायसी विषयमा वादविवाद हुँदा रीताले काठको चिर्पटले ससुरा कामीढिण्डुलाई
टाउको लगायत शरीरको विभिन्न भागमा प्रहार गरि गम्भीर घाइते बनाएकी थिइन्।
उनको उपचारको क्रममा सोमबार विहान स्थानीय स्वास्थ्य चौकी खार्चुङमा मृत्यु भएको प्रहरीले जनाएको छ।
१३ भाद्र २०७९, सोमबार
0
Shares
प्रतिक्रिया