१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको सुन्दरीघाटबाट अनाधिकृत चामल प्याकिङ गर्ने व्यावसायी पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

१४ भदौ ०७९, काठमाडौं । ललितपुर महानगरपालिका ३ सुन्दरिघाटस्थित सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योगको नाममा बिना अनुमति विभिन्न ब्राण्डको लोगो राखी चामल विक्री वितरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा उक्त उद्योगका सञ्चालक मोरङ विराटनगर महानगरपालिका ९ शनिहाट घर भई काठमाडौं महानगरपालिका १३ छाउनी बस्ने २७ वर्षीय एस अग्रवाल र म्यानेजर ओखलढुंगा सुनकोशी गाउँपालिका ५ पात्ले घर भई काठमाडौं महानगरपालिका कुलेश्वर बस्ने बाल कुमार भन्ने २७ वर्षीय लाल बहादुर बस्नेत रहेका छन् ।
भारतका विभिन्न कम्पनीबाट आयातित चामलमा उत्पादन मिति र उत्पादक स्थान लगायतको विवरण नखुलेका लङ्ग ग्रेन र जिरा मसिनो चामललाई विभिन्न ब्राण्डका लोगो राखि खाद्य अनुज्ञापत्र अनुमति नलिई विक्री वितरण गरेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन
कार्यालय बबरमहल समेतबाट खटिएको संयुक्त टोलीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उक्त उद्योगबाट १ लाख ८० हजार ३० किलोग्राम चामल तथा प्याकेजिङका लागि राखिएका विभिन्न ब्राण्डका खाली ब्याग, प्याकेजिङ मेसिन एवं विग्रिएको अवस्थामा रहेको ४७ हजार ४ सय ६० किलोग्राम चामल फेला पारी उक्त उद्योगलाई सिलबन्दी गरिएको छ ।
उनीहरूलाई खाद्य ऐन २०२३ बमोजिम थप अनुसन्धानको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बबरमहलमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ७ : ४७ बजे