१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ठेचोमा नवदुर्गा भवानीको जात्रामा लागि दलचोकी जंगलबाट आज आगँसी ल्याइदै




ललितपुर खबर
१४ भदौं ०७९, चापागाँउ । गोदावरी नगरपालिका १२ ठेचोमा बर्षभरि मनाइने नवदुर्गा भवानीको बाह्र बर्षे जात्राका लागि आज दक्षिण ललितपुरको दलचोकीस्थित तीनपाने जंगलबाट आगँसी(दाउरा) लिन टोली प्रस्थान गरेको छ ।
आज विहान ठेचोबाट गुठीयारलागायत ठूलो मात्रामा स्थानीय आगँसी लिन प्रस्थान गरेको हो ।
नवदुर्गा भवानी देवि गुठीका नाइके भक्तलाल मालीले आज दिउँसो ३ बजे चापागाँउ शेराफाँटबाट झाँकी सहित आगँसी ठेचो देवघर नजिकै ल्याइने बताए ।
गत साउनं १० गते नवदुर्गा भवानी गुठीमा लगाइएको ताला असार ९ गते खोलेर पुजाआजापछि राँगोको बली दिइएको थियो ।
साइत अनुसार आज आगँसी लिन प्रस्थान गरेको उनले बताए ।
उनका अनुसार यो आगँसी असोज १६ गते सुनाकोठीस्थित कुल्पी(वालकुमारी मन्दिरपरिसर)मा यज्ञ गरिन्छ । यही यज्ञका लागि यो आगँसीको प्रयोग हुन्छ ।
आगँसी ल्याएपछि विभिन्न देवालयहरुमा नाच देखाइन्छ । यसलगत्तै साइत हेरेर विभिन्न ११ जलाशयबाट जल ल्याइन्छ । टिकाभैरव, छम्पी र नागदहलगायत विभिन्न देविहरुको तोकिएको जलाशयबाट जल ल्याइनछ ।
आँउदो कोजाग्रत पूर्णिमाको अघिल्लो दिन पाटन दरवार स्क्वायर परिसरमा नृत्य देखाइन्छ । असाज २४ गते ठेचो दुरीखेलमा देशभोजको आयोजना हुन्छ । भोज भव्यताका साथ आयोजना गरिने चलन रहेको माली बताउछन् ।
उनका अनुसार ११ वटा देवताहरुले विभिन्न छुट्टाछुट्टै परिकार ठेचो र सुनाकोठीमा बसोबास गर्ने नेवार समुदायका घरमुलीलाई कमलको पातमा सम्यबवी खुवाइन्छ । भोजमा सबै स्थानीय एक लाइनमा बस्ने र पस्कने गरिन्छ ।

जात्राका लागि गोदावरी नगरपालिकाले ५० लाख रुपैयाँ दिएको । ६० वटा वली र २८ वटा विभिन्न पुजा, नाच र भोजका लागि करिव ७६ लाख खर्च हुने बताइएको छ ।

साइत अनुसार आँउदो फागुन चैततिर जात्रा समापान हुन्छ ।

 

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ९ : ५१ बजे