१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मध्यपुर ठिमीले मापदण्ड मिचेर बनाइएको घर टहरा हटाउनका निकाल्यो ३५ दिने सूचना




१४ भदौ, ०७९,काठमाडौं । भक्तपुरको मध्यपुरठिमिले मापदण्ड मिचेर बनाइएको घर टहरा हटाउनका लागि ३५ दिने अल्टिमेटम दिएको छ ।
नगरपालिकाभित्र रहेका अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगर भित्रका भित्रि सडकहरुमा मापदण्ड मिचेर निर्माण गरेका घर टहरा फुटपाथबाट हटाउन ३५ दिने सूचना जारी गरेको छ ।
नगरपालिकाले अव्यवस्थित पार्किङ, फुटपाथ व्यवसाय समेत हटाउन भनेको छ ।


सूचनामा सार्वजनिक बाटो, सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको संरचना, सार्वजनिक आवागमनलाई बाधा हुने गरी राखिएको हटाउन नगरपालिकाले सूचना प्रकाशित गरेको हो ।
पछिल्लो समय स्वतन्त्र उम्मेदवार बालेन शाहले काठमाडौंका पार्किङका लागि छुट्याएको बेसमेन्टलगायतका संरचनामा निर्माण हटाउन डोजर चलाएपछि चारैतिर तरंग ल्याएको छ ।
यसैको सिको गर्दै हटौडा उपमहानगरले सार्वजनिक स्थलमा बनाइएको संरचना हटाउने प्रकृया सुरु गरेको छ र भने भक्तपुरको मध्यपुर ठिमीले पनि सूचना निकालेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ११ : ५४ बजे