१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बुद्धनगरको निर्माणाधीन घरबाट हाम फालेका दुई विद्यार्थीको उपचारका क्रममा मृत्यु



१५ भदौं ०७९, काठमाडौं ।   काठमाडौं बुद्धनगरस्थित एक निर्माणाधीन घरबाट बुधबार साँझ दुई विद्यार्थी हाम फालेका छन् । हाम फालेपछि उपचारका लागि निजामती अस्पताल लगिएका १३ वर्षीय अनिकेत रोय र १४ वर्षीया कृतिका जैशावालको मृत्यु भएको हो।

पाँच तल्ले घरको छतबाट हामफालेका उनीहरुको अवस्था गम्भीर थियो। तर अस्पताल पुर्‍याएर उपचारका क्रममा चिकित्सकहरुले मृत घोषित गरेका हुन्। बुधबार साँझ ५ बजेर ५० मिनेटमा पाँच तले घरबाट हाम फालेका उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

महानगरीय प्रहरी परिसरका एक अधिकारीका अनुसार उक्त निर्माणाधीन पाँच तलेघरबाट उनीहरुले एकसाथ हामफालेका थिए। उनीहरु दुवैजना बानेश्वरस्थित पाठशाला स्कुलको कक्षा ९ का विद्यार्थी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । दुवैजनाले हाम फाल्नुको कारणबारे खुलिनसकेको प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ९ : ४१ बजे