१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा दुई जना मृत फेला




१५ भदौ ०७९, काठमाडौं । काठमाडौंको थानकोट र बुढानिलकण्ठमा एक एक जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौंको बुढानीलकण्ठ नगरपालिका १३ चुनिखेलस्थित बबरकोट स्नोकर कर्नर सेकुवामा काम गरी बस्ने २९ वर्षीय प्रताप तामाङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं चन्द्रागिरि नगरपालिका ७ थानकोट पल्तेन भन्ने स्थानमा सिन्धुपाल्चोक चौतारा नगरपालिका ८ घर भई काठमाडौं कलंकी बस्ने ३३ वर्षीय संजय लामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ९ : ४७ बजे