१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धादिङमा स्कुटर र माईक्रोबीच ठक्कर, स्कुटर चालकको मृत्यु




१५ भदौ ०७९, धादिङ । गल्छी गाउँपालिका ७ बुद्धपार्कस्थित सडकमा बागमती प्रदेश ०३–०२–०११ प ५३२७ नम्बरको स्कुटर र ग.१ ख ३४३६ नम्बरको माईक्रो एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा स्कुटर चालक सोही गाउँपालिका ६ बस्ने १८ वर्षीय सविन रिजालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एक जनालाई थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा पठाइएको छ ।
प्रहरीले माइक्रो चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  १० : ०५ बजे