८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


महाबौद्धस्थित उच्च शिखर सहकारीको कार्यालय बन्द,बचतकर्ता हैरान




ललितपुर खबर
१६ भदौं ०७९, काठमाडौं । महाबौद्धस्थित उच्च शिखर सहकारीले बचतकर्ताको पैसा फिर्ता गर्न नसक्दा कार्यालय नै बन्द गरेर संचालक सम्पर्कविहीन भएका छन् ।
काठमाडौंको भोटेबहालमा कपडा पसल सञ्चालक सन्तोषी उप्रेती सहकारीले बचत फिर्ता नगर्दा हैरान छिन् ।
एक बर्षअघि नै ११ लाख बचतको समय पुरा भए पनि २ लाख बाहेक उनले पैसा पाएका छैनन् ।
करिव ८ लाखको चेक उनीसँग छ । सहकारी बैंकको चेक भएकाले बाउन्स गरेर मुद्दा दर्ता नगर्न समेत उनले पाएका छैनन् । उनी मात्रै होइन सहकारीमा पैसा लिन आउनेहरु ताल्चा हेरेर फर्कने धेरै छन् । केही महिनाअघि कार्यालय खुलेको बेला सहकारीका सञ्चालक हृदय नारायण गणेश गणेश कार्यालयमा बस्दैनथे । बचतकर्ता रामजी उप्रेती भन्छन्, ‘भेटे पनि मिठो कुरा गरेर टार्थे ।’
कार्यालय कहिले काँही मात्रै खुल्ने उच्च शिखरसँगै अर्को कार्यालयमा काम गर्ने कर्मचारीले बताए । उनले भने, ‘पैसा लिन धेरै मान्छे आउँछन् । तर कार्यालय उनीहरुलाई आवश्यक परेमात्र एकछिन खोल्छन् । अनि बन्द गर्छन् ।’ कार्यालयको सूचना पाटीमा केही दिनदेखि सम्पर्क नम्बर राखिएको थियो । तर पछिल्लो समय त्यो सम्पर्क नम्बर छैन ।


कार्यालयको फोन सम्पर्क गर्दा कहिले पनि उठ्दैन । बजार प्रतिनिधि केही दिनदेखि पैसा उठाउन नआएको उप्रतीले बताए ।
उनले बचतकर्ताको पैसा दिन नसकेपछि चेक नम्बर नभएको सहकारी बैंकको चेक दिने गरेका छन् । यो चेक बाउण्स नहुँदा मुद्दा दर्ता नहुने बचतकर्ता उप्रेतीको गुनासो छ ।
बचतकर्ता आत्माराम दाहालको पनि यस सहकारीमा २० हजार रुपैयाँ लिन बाँकी छ । उनी धेरै पल्ट पैसा लिन धाएपछि अहिले जानै छोडे । भन्छन्, ‘२० हजार पैसा लिन २० पल्ट गए । कति धाउनु ।’
बचत रकम फिर्ता नगरेको भन्दै सदस्यहरुले चर्को दबाब दिए पछि कार्यालय बन्द भएको एक उने बताए ।
संस्थाले विभिन्न बैंक तथा वित्तीय संस्था र नेपाल बहुउद्देश्यीय केन्द्रीय संघको चेक दिएर सदस्यहरुलाई झुलाई रहेका छन् । तर, यसरी झुलाउन थालेको करिब १ वर्ष हुँदा पनि सदस्यहरुले पैसा भने फिर्ता पाउन सकेको छैन ।
‘तपाईको भविष्यको बलियो आधार, उच्च शिखरले बनाउँछ सपना साकार’ भन्ने नाराका साथ पैसा उठाउने गरेको यस सहकारीले अन्नतः बचतकर्ताको भविष्य अन्धकार बनाएको छ ।
नेपाल बहुउद्देश्यीय केन्द्रीय संघको चेक दिएपनि साटिएको छैन । संघमा संस्थाको नाममा रहेको खातामा ३ हजार रुपैयाँ पनि पैसा नभएको स्रोतले जानकारी दियो ।
संस्थाका म्यानेजर हृदय नारायण गणेश संस्था समस्यामा रहेको र बचत फिर्ता गर्न नसकेको स्विकार गरे ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ११ : ३५ बजे