१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाँचखाल खानेपानी आयोजनाको पाइप नआएपछि अलपत्र




१६ भदौं ०७९, पाँचखाल । पाँचखालमा खानेपानी वितरणका लागि निर्माण कम्पनीले पोलेथिन पाइप अभावको कारण देखाउँदै आएका कारण निर्माणाधिन आयोजना अलपत्र परेको छ ।
केही स्थानमा पाइप विछ्याउने तथा धारा वितरणका क्रममा विवाद भएको छ । विसं २०७६ भदौमा सम्झौता भएको आयोजना आउँदो पुस महिनामा सम्पन्न गर्नुपर्ने समय सीमा तोकिएको थियो ।
निर्धारित समयमा आयोजनाको आयोजना सम्पन्न नहुने भएको उपभोत्ता समितिका अध्यक्ष कुमारप्रसाद लामिछानेले बताए । उनका अनुसार संरचना निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरका १० वडाका सात हजारलाई खानेपानी पु¥याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा रहेको छ । कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण सम्झौतापछि केही समय धकेलिएको आयोजनाको कामलाई पछिल्लो समय तीव्र पारिएको हो ।
पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका १० विमीरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका साथै सडक निर्माणको काम भइसकेको छ । हाल मूल र रिजर्भ ट्याङ्कीसम्म पहुँचमार्गको काम भइरहेको लामछिानेले बताए । उनका अनुसार कोरोना सङ्क्रमणका लहर तथा गत असार साउनमा सुनकोशी नदीको बाढीले मुहान क्षेत्रका संरचनामा क्षति पु¥याएका कारण आयोजनाको काममा ढिलाइ भएको हो ।
सरकारले चालू आवको बजेट वक्तव्यमा २०७९ भित्र पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम सक्ने उल्लेख छ । परियोजनाको २०७६ भदौ १२ गते सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोत्ताबीच सम्झौता गरिएको थियो । आयोजनाको काम नेपाली कम्पनी कन्काई विल्डर्स् र चिनियाँ कम्पनी हुवाछे (ज्वाइन्ट भेन्चर)ले गरिरहेका छन् ।
यसैबीच खानेपानी विभागका महानिर्देशक रमाकान्त दुवाडीले आयोजना अनुगमनका क्रममा सरकारले दिएको समय सीमाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले निर्माण कम्पनीलाई गुणस्तरीय सामग्री प्रयोग गर्नसमेत निर्देशन दिएका छन् । खानेपानी आयोजना रु एक अर्ब ३४ करोड ६६ लाखमा सक्ने सम्झौता भएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  २ : ०० बजे