
१७ भदौ ०७९, चितवन । मुग्लिन सडक खण्डमा पहिरो खसेपछि काठमाडौं आउने जाने सडक फेरि अवरुद्ध भएको छ । सडक खण्डको १८ किलो भन्ने स्थानमा करिब ८ बजेको समयमा पहिरो खसेको हो । रातो माटोसहितको पहिरो खसेपछि सडक खण्ड दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पहिरो पन्छाउन घटनास्थलमा रोडर पुगेको चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए । यस वर्ष भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारी र १८ किलोमा धेरै पटक पहिरो खसेको छ । बिहीबार बिहान केराबारीमा खसेको पहिरो साढे ८ घण्टामा पन्छाएर सडक सुचारु गरिएको थियो ।







प्रतिक्रिया