१७ भदौं ०७९, ललितपुर । ललितपुरमा पनि अनधिकृत संरचना भत्काउन शुरु गरिएको छ । महानगरपालिकाले फुटपाथ सडकपेटी मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ ।
शुक्रबार महानगरले ललितपुरको लगनखेलमा रहेको महानगरकै भवनमा रहेको एक होटलले नियम विपरीत बनाएको संरचना हटाएको हो । महागरले फुटपाथमा व्यापार नगर्न आग्रह गरेको छ । महानगरभित्र अनधिकृत रुपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्नेहरूलाई भने दशैपछि हटाउने र सूचना जारी समेत भइसकेको छ ।
प्रतिक्रिया