१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको सन्तानेश्वरबाट वालिका बेपत्ता




२० भदौं ०७९, चापागाँउ । ललितपुरको झरुवाराशीस्थित सन्तानेश्वर बोर्डिङ स्कूल गइरहेकी एक वालिका बेपत्ता भएकी छिन् ।
गोदावरी १३ झरुवाराशी आरुबोट बस्ने वर्ष १४ की प्रज्ञा खड्का विहान पौने नौ बजे घरबाट निस्केको तर अबेरसम्म पनि नफर्केपछि खोजी गरिरहेको उनका बाबु गौत्तम खड्काले ललितपुर खबरलाई बताए ।
विद्यालयको पोशाकमा कालो झोला बोकेर उनी घरबाट निस्केको उनले बताए । विद्यालयलाई उदृत गर्दै उनले अरु सबै स्कूल गएको तर प्रज्ञा मात्रै अनुपस्थित रहेको बताए । महानगरिय प्रहरी चापागाँउले उनको खोजी जारी रहेको बताएको छ ।
सामाजिक अभियन्ता वेबी राजभण्डारीले आफूहरु वालिकाको खोजतलासमा निरन्तर लागिरहेको बताइन् । सिसि क्यामेरामा हेर्दा वालिका स्कूलतर्फ नगई ठैवतर्फ गइरहेको फेला परेको र ठैवको सिसि क्यामेरामा भने नदेखिएको बताइन् ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ९ : ४२ बजे