१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको कर्मनाशा करिडोरमा अवरोधै अवरोध (तस्विरहरु)



ललितपुर खबर
२१ भदौ ०७९, ललितपुर । महालक्ष्मी नगरपालिकाले भर्खरै ललितपुरको ग्वार्को नजिकैबाट कर्मनाशा करिडोर विस्तारको क्रममा अवरोधहरु हटाउन सुरु गरेको छ ।
नगरपालिकाले होण्डो शोरुमको टहरा, अस्पतालको पर्खाल भत्काएको छ भने नजिकै रहेको धर्म शाक्यको घर भत्काउन थालिएको छ ।

किष्ट अस्पतालले मापण्ड मिचेर बनाएको जेनेरेटर हाउस । लेन्स : ललितपुर खबर

गतबैशाख अघिदेखि नै नदि छेउ पर्खाल लगाएसँगै सुरु भएको करिडोरको निर्माणमा धेरै काम बाँकी छन् ।
नदिछेउ ठाँउ ठाँउमा पर्खाल लगाउन बाँकी छ । कतिपय ठाँउमा खेत मासेर पर्खाल लगाउनु छ भने धेरै टहरा पर्खाल हटाउनु पर्नेछ ।

सडकछेउको खेत ।

करिडोरको ग्वार्को मुखम कवाडी,फ्रेस हाउसलगायतको टहरा हटाउनु पर्नेछ । करिडोर मिलेर किष्ट अस्पतालले बनाएको जेनेरेटर हाउस र टहरा हटाउन बाँकी छ ।
करिडोरको माथिल्लो भागमा रहेको लिटल एन्जल्सले दुवै तर्फ नदि किनार मिचेर बनाएको पर्खाल, टहरा र बारलगायत संरचना निर्माण गरेको छ । ती संरचना भन्काउन र पर्खाल र सडक बनाउन बाँकी नै छ । स्कूलले दुवैतिर धेरै संरचना बनाएको छ । भने बीचमा पुल समेत राखेर उपचोग गर्दै आएको छ ।


ललितपुरको हात्तीवनदेखि ग्वार्कोसम्म बग्ने कर्मनासा नदि किनारमा सडक बनाउने क्रममा अतिक्रमण गरिएको घर टहरा भत्काउन महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ तल्लिन छन् ।
पछिल्लो समय मादण्ड मिचेका आकृति मासु पसल, होण्डा तथा हिरो कम्पनीको टहरा हटाइएको छ ।


खोलाको अर्को किनारमा पर्ने ललितपुर महानगरको वडा नंं १७ र १५ले भने सडक निर्माण गरेको छैन । ठाँउ ठाँउमा पर्खाल लगाएर सडक भने बनाइएको छ ।
नगरपालिकाले यो कोरिडोर १० मिटर निर्माण गर्न लागेको हो । नदिको बीच भागबाट १५ मिटर जमिन लिने गरि यो करिडोर निर्माण भइरहेको छ ।

नदि ठूलो भएको ठाँउमा बाटो साघुरो र नदि सानो भएको ठाँउमा बाटो फराकिलो हुने अवस्था छ ।
महालक्ष्मी १ का वडाध्यक्ष छिरिङ लामा लगायतको सहयोगमा यो सडक विस्तार हुन लागेको हो ।

लिटल एञ्जल्स स्कूलले बनाएको कर्मनाशा नदिमा बनाएको पुल ।
होण्डा कम्पनीले बनाएको पार्किडमा सडक विस्तार गरेपछि ।

 

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  १२ : २१ बजे