४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरसहितका जिल्ला सभापतिले रुखमा भोट हाल्न पाउनुपर्ने भन्दै देउवालाई बुझाए ज्ञापनपत्र



२२ भदौं ०७९, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले रुखमा भोट हाल्न पाउनुपर्ने भन्दै सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।
बिहीबार वाग्मती प्रदेशका १३ जिल्ला सभापतिका तर्फबाट धादिङका सभापति रामनाथ अधिकारीले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा कांग्रेसका नेता–कार्यकर्ताहरूले रुख चिह्नमा भोट हाल्न पाउनुपर्ने उल्लेख गरिएको अधिकारीले जानकारी दिए ।

वाग्मतीका चितवन निर्वाचन क्षेत्र नम्बर–३, धादिङ–१, सिन्धुपाल्चोक–१, काभ्रे–१, काठमाडौं–८, काठमाडौं–२, रामेछाप, मकवानपुर–१, नुवाकोट–१ र ललितपुर–१ को सिट कांग्रेसले गठबन्धनका अरू दलहरूलाई छाड्नुपर्नेछ । सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने तयारी भइरहेका बेला जिल्ला सभापतिहरूले रुखभन्दा अन्यत्र भोट माग्न समस्या हुने जानकारी गराएका हुन् ।

कांग्रेसले आसन्न निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने भन्दै रुखभन्दा अन्यत्र भोट माग्न र हाल्न नसक्ने पार्टी सभापतिलाई जानकारी गराएको अधिकारीले बताए । ज्ञापनपत्र बुझ्दै सभापति देउवाले ‘भइहाल्छ भइहाल्छ’ मात्र भनेको अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  २ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।