१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेमा बढ्यो डेंगुको सङ्क्रमण



२२ भदौं ०७९, काभ्रेपलाञ्चोक । जिल्लामा डेंगु रोगको सङ्क्रमण बढ्दै गएको छ । चार दिनअघि ४२ सङ्क्रमित रहेको काभ्रेमा दोब्बर अर्थात् ८० जनामा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । गत असार दोस्रोसाता पाँचखाल नगरपालिकामा पहिलोपटक देखिएको डेंगुको सङ्क्रमण हाल ११ स्थानीय तहका ४० जनामा पुष्टि भैसकेको हो । ‘चार दिनको अवधिमा शतप्रतिशत सङ्क्रमित बढेका छन्, यो गति केही हप्ता रहनसक्छ’, कार्यालयप्रमुख डा. पुरुषोत्तम सेढाईंले भने । उनका अनुसार सङ्क्रमितमध्ये महिला र पुरुषको संख्या बराबर नै छ । खानीखोला र महाभारत गाउँपालिकामा भने हालसम्म सङ्क्रमण देखिएको छैन ।

समयमै उपचार पाउने सङ्क्रमितलाई करिव पाँचदेखि सात दिनपछि निको हुने दर पनि बढिरहेकाले जिल्लाका ११ स्थानीय तहमा सङक्रमण तीव्र रुपमा बढेको घटनाक्रमले देखाएको कार्यालय प्रमुख डा. सेढाईंले बताए । उनले भने ‘बर्षा भइरहेकाले लामखुट्टे अझै रहन्छ, यसकारण स्थानीयस्तरमा विशेष सावधानी अपनाउन सेचतना गराइएको छ ।’ उनका अनुसार सङ्क्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

कार्यालयले स्थानीय तहका स्वास्थ्य शाखामार्फत सम्भावित क्षेत्रमा रोगको स्रोतको ‘सर्च एण्ड डिस्ट्रोय’ गर्ने अभियानमा रहेको जनाएको छ । यसैक्रममा सबै स्थानीय तहले ‘सर्च एण्ड डिस्ट्रोय’ अभियानलाई निरन्तरता दिइरहेको उनले जानकारी दिए । अभियानमा स्थानीयस्तरका विद्यार्थीलाईसमेत परिचालन गरिएको जनाइएको छ ।

अधिक सङ्क्रमित भएको स्थान तथा नयाँ स्थानमा प्रयोगशालाद्वारा नै परीक्षण गर्दै आइएको छ । डेंगु रोग विरुद्धको खोप नभएका कारण ‘सर्च एण्ड डिस्ट्रोय’नै प्रमुख उपाय रहेको डा. सेढाईंले बताए । उनका अनुसार काभ्रे हाल डेंगु रोगको निकै जोखिमयुक्त जिल्ला हो । यसकारण डेंगुको सङ्क्रमणले महामारीको रुप नलियोस् भन्ने उद्देश्यले स्थानीयस्तरका ‘¥यापिड टिम’ले अनुगमन तथा सम्भावित परीक्षण गरिरहेका हुन् ।

तीन बर्षपछि पाँचखालमा पहिलो डेंगुको सङ्क्रमण देखिएलगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचारप्रसारसँगै स्वास्थ्यकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको थियो । जिल्लामा यसअघि विसं २०७६ भदौमा छ जनामा डेंगु संक्रमण देखिएको थियो ।

लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने व्यक्तिलाई एक्कासी उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए विरामीको मृत्युसमेत हुने गर्दछ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ६ : ३० बजे