१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नुवाकोटको त्रिशुली अस्पतालमा विपन्न बिरामीलाई रगत निःशुल्क




२५ भदौं ०७९, नुवाकोट । नुवाकोटको त्रिशूली अस्पतालले आर्थिक रुपमा विपन्न तथा आकस्मिक उपचार गर्नुपर्ने बिरामीका लागि रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ ।
त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेका अनुसार शुक्रबारदेखि लागू हुने गरी आर्थिकरुपमा विपन्न र आकस्मिक उपचार गर्नुपर्ने बिरामीलाई चाहिने रगत र रक्ततत्व निःशुल्क रुपमा उपलब्ध गराउन सुरु गरिएको हो ।
त्यस्ता बिरामीको लागि रगत परीक्षणबापत लाग्ने शुल्कसमेत नलाग्ने अस्पतालका मेसु डा पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । रगतको समूह परीक्षण र प्रशोधनबापत प्रतिपिन्ट रु आठ सय ५० शुल्क लाग्ने भए पनि आर्थिक अवस्था कमजोर भएका, विपन्न वर्ग, सवारीलगायतका विभिन्न दुर्घटनामा परेका व्यक्तिको लागि सेवा निःशुल्क गरिएको हो ।
त्रिशूली अस्पतालमा कोरोना र डेङ्गु रोगको परीक्षण सेवा निःशुल्क उपलब्ध गराइएको छ । अबदेखि लक्षित वर्गको लागि रगतको परीक्षण र रगतसमेत निःशुल्क उपलब्ध गर्न थालिएको हो ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ७ : २६ बजे