१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बालाजुमा सुन पसल फोरेर ४ सय ३० चाँदीका गहना चोरी




२५ भदौ ०७९, काठमाडौं । काठमाडौंको बालाजुको एक सुन पसलमा चोरी भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १६ बालाजु बाईपास चोक नजिक गोरखा आरुघाँट गाउँपालिका ९ घर भई हाल काठमाडौं महानगरपालिका १६ माछापोखरी बस्ने २४ वर्षीय कुशल श्रेष्ठको कुशल ज्वलर्सबाट चाँदीका विभिन्न गरगहना अन्दाजी ४ सय ३० तोला र नगद ५ हजार रूपैयाँ गएराति चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ८ : ५३ बजे