२ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटनको हिटी फुसा बहाबाट चोरिएको काष्ठ तोरन बेइजिङमा फेला



२६ भदौं ०७९, ललितपुर । कला–सम्पदा खोजबिन एवं पहिचानका निम्ति अग्रसर अभियान ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, गोकर्णको गोकर्णेश्वर मन्दिर क्षेत्रमा रहेको तारारपार्वती प्रतीमासँगै रहेको घुँडा टेकेर बसिरहेका भक्तरदाताको मूर्ति चीनको झुजिन्जु आर्टस्को सग्रहमा फेला परेको छ ।

उन्नसाइसौं शताब्दीमा निर्मित यो सम्पदा सन् २०१४ मा चोरिएको अनुमान छ । यो प्रतीमाको तस्बिर कलाविद् उल्रिच भोन स्क्रोडरले आफ्नो कृति ‘स्टोन स्क्लप्चर्स’२०१९मा समेटेका छन् । यस्तै, यो प्रतीमाको सन् २०१४ अप्रिल १६ मा सुनिल डंगोलले गोकर्णेश्वर मन्दिर परिसरमै तस्बिर लिएका थिए ।
यस्तै, थापाहिटी, पाटनस्थित हिटी फुसा बहाबाट सन् ८० को दशकमा चोरिएको सम्पदा काष्ठ तोरन बेइजिङस्थित सिजियान्जुको संग्रहमा फेला परेको छ । ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, सत्रौं शताब्दीको सृजना मानिने तोरनको तस्बिर ‘हन्टिङ्टन अर्काइभ’ले सन् ७० को दशकमा लिएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ५ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।