१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं र ललितपुरमा तीनजना मृत अवस्थामा फेला



२६ भदौं ०७९, काठमाडौं । काठमाडौं र ललितपुरमा तीनजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका २१ भोटेवहालस्थित न्यू क्लासी होलिडे एण्ड भान्साघरको भुँइ तलामा करिब २७ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन् ।

यस्तै, काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ८ माकलबारी सानोपुल नजिक वाग्मती खोलामा करिब २६ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी, ललितपुरको गोदावरी नगरपालिका ३ फुलचोकी जंगलमा करिब २८ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन् ।

मृतक तीनैजनाको अहिलेसम्म नाम, थर, वतन खुलेको छैन ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ६ : ५५ बजे