२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरको एकैठाउँबाट तीनवटा मूर्ति चोरी



२७ भदौं ०७९,भक्तपुर । भक्तपुरको आदर्श भेलुखेलस्थित एउटा मन्दिरबाट तीनवटा मूर्ति चोरी भएका छन्। भक्तपुर नगरपालिका–५ भेलुखेलस्थित गय् भिन्द्यो (भीमसेन) मन्दिरबाट द्रोपदी, भीमसेन र गणेशका तीनवटा मूर्तिहरू चोरी भएका हुन्।

स्थानीय भीमसेन टोल सुधार समितिका अध्यक्ष कुमार चवालले रातको समयमा मूर्तिहरू चोरी भएको बताए। मन्दिर प्रवेश गर्ने मूलद्वार फोडेर मूर्ति चोरी गरिएको अध्यक्ष चवालले बताए।तरुणभित्र रहेका तीन वटा ढलौटका मूर्तिहरू चोरी गरिएका हुन्। स्थानीयले चोरी भएको जानकारी बिहान मात्रै पाएका थिए। मन्दिरकी पूजारी मंगलमाया बाध्यकारले मूर्ति चोरी भएको जानकारी सवैभन्दा पहिला स्थानीय रामकृष्ण लोहलाले थाहा पाएको बताइन्। स्थानीय रामकृष्ण कपालीका अनुसार एकतल्ले मन्दिरको मुलद्धार उखेलेको पाएपछि स्थानीयले बिहानै मन्दिरको सबैतिर हेरेका थिए। यसपछि मन्दिरभित्रको तोरणभित्र रहेको ढलौतका तीनवटा मूर्तिहरू उप्काएर लगिएको पाइएको उनले बताए।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ७ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।