१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौँ महानगरपालिका एकै दिन भत्कायो ४० भन्दा धेरै संरचना



फाइल तस्विर

२७ भदौं ०७९, काठमाडौं । काठमाडौँ महानगरपालिकाले आज एकै दिन ४० बढी अवैध संरचना भत्काएको छ । अवैध रुपमा निर्माण भएका संरचना भत्काउन कामपाले गत साउन १ गते दिएको ३५ दिने सूचनाको बेवास्ता गरेपछि यही भदौ ६ गतेदेखि त्यस्ता संरचनालाई डोजर लगाएर भत्काउन सुरु गरेको हो ।
उक्त कार्यअन्तर्गत आज महानगर र तारकेश्वर नगरपालिकाको सिमानामा पर्ने गुम्बा भन्ने स्थानमा रहेको खोलालाई मिचेर बनाइएका केही टहरा र २० सटर भत्काइएको छ । त्यसैगरी सडक मिचेर निर्माण गरिएका पर्खाललाई पनि डोजर लगाएर भत्काएको महानगर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन् । त्यस्तै माछापोखरी चोकमा फुटपाथ प्रयोग गरी निर्माण गरिएको फलामको भ¥याङ र खुसिबुँमा पनि अवैध रुपमा निर्माण गरिएको छ टहरा भत्काइएको प्रमुख पाण्डेले जानकारी दिए ।
हाल बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेको कामपाले जनाएको छ । ती सबैलाई कानुनी दायरामा ल्याउने महानगरको तयारी हो । महागरले यही भदौ ६ गतेदेखि अवैध रुपमा निर्माण भएका र निर्माण भएअनुरुप प्रयोजन नभएका संरचना भत्काउन थालेसँगै अन्य स्थानीय तहले पनि यसलाई अनुसरण गर्न थालेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ९ : ४५ बजे