१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


हराएको टुकुचा खोला भेटिएपछि (तस्विरहरु)




ललितपुर खबर
४ असोज ०७९, काठमाडौं । काठमाडौं महानगरले काठमाडौंको नारायणहिटी दरवारपरिबाट हराएको टुकुचा खोला खोजी सुरु ग¥यो । जयनेपाल हल परिसरमा डोजरले खनेपछि ईटाको पर्खालले छेकिएको अवस्थामा खोला भेटिएको थियो ।


झण्डै ३ मिटरको चौडाईमा दुवैतिर पर्खाल लगाई माथि भि आकारले ढाकेर माटो राखिएको अवस्थामा खोला भेटिएको हो । महानगरले लक्ष्मीबंैक र सिद्धार्थ बैंक परिसरलगायत ४ ठाँउमा खनेर खोला पत्ता लगाएको हो ।


टुकुचा खोला उत्खनन भइरहँदा सयौं सर्वसाधारण भेला भएका थिए । महानगरका प्रहरीले डोजर लिएर खाली जमिन भएको ठाँउमा खोला खोजेका छन् ।
टुकुचा खोला उत्खननपछि खोलामाथि दर्जनौं घर बनेको तथ्य प्रमाणित भएको छ ।


महानगरले तत्कालका लागि खाली जमिन भएको ठाँउमा उत्खनन गरे पनि घर भत्काउने नभत्काउने केही बताएको छैन ।
२०२१ सालपछि सरकारले जग्गा नापजाँच गरेको भएपछि यस क्षेत्रमा २०३३ सालमा नापी गरिएको थियो । त्यसताका यहाँ जग्गामा खोला देखाइएको छैन । सरकारी लगतमा खोला नभएपछि घरहरु बनाइएको स्थानीयहरु बताउछन् ।


न्गरपालिकाले यहाँका घरहरु नक्सा पास गरेको छ या छैन केही बताएको छैन । विक्रम संम्बत २००० भन्दा अघि राणा कालमा यहाँ पटाङगिनी बनाउन खोलालाई जमिनमुनि पुरेको बताइएको छ । कालान्तरमा राणाहरुको जग्गा सर्वसाधारणहरुले किनेपछि यहाँ बस्ती बसेको हो ।


लेन्स : ललितपुर खबर

 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ८ : १० बजे