६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आज पनि देशभर बर्षा



४ असोज ०७९, काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राजधानी काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि आंशिक बदली रहेको छ । आज काठमाडौँको अधिकतम तापक्रम ३० र न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ ।

बानेश्वरमा झरि परेपछि ।

हाल मनसुनको न्यून चापीय रेखा सददर स्थानका आसपासमा अवस्थित रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ ।
प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ९ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।