१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरले अनुमति बिना राखिएका डिजिटल बोर्ड र विज्ञापन नगर प्रहरी बल लगाएर हटाउने




५ असोज ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति बिना राखिएका होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड नगरप्रहरी लगाएर हटाउने भएको छ ।
महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड नराख्न अनुरोध गरेको हो ।
‘असोज ५ गतेबाट अनुमति बिना बाह्य विज्ञापन सञ्चालन नगर्न÷नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ । नियम उल्लंघन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने चेतावनी पनि दिइएको छ ।
प्छिल्लो समय शहरका चोक चोकमा डिजिटल बोर्डहरु झुण्ड्याइएका छन् । ती मध्ये कतिपयले अनुमती समेत लिएका छैनन् भने केही बोर्ड अनुमती लिएको मापदण्डभन्दा फरक रहेका छन् ।
सडकमा डिजिटल बोर्ड राख्दा ट्राफिक दुर्घटना बढेको छ । विकिरणका कारण यात्रुको आँखामा गम्भिर असर पर्न सक्ने भन्दै विज्ञहरुले सचेत गराउदै आएका छन् ।
प्छिल्लो समय करको लोभमा शहरमा अनावश्यक होर्डिङ राखिदा शहरी सौन्दर्यमा ह्रास आएको भन्दै आलोचना हुँदै आएको छ ।

 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ८ : ३७ बजे