६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आफ्नै खर्चमा काठमाडौं आए डा. केसी



५ असोज ०७९, काठमाडौं ।  चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै आमरण अनसनमा बसेका प्राडा गोविन्द केसी आफ्नै खर्चमा त्रिवि शिक्षण अस्पतालमा आएका छन्। सरकारले एयर लिफ्ट गर्न खोज्दा नमानेका डा केसी बुधबार साँझ ४ः४५ बजेको श्री एयरलाइन्सको विमान मार्फत काठमाडौं आएका हुन्।

अनसनका कारण स्वास्थ्य अवस्था बिग्रिएका कारण डा केसीसँग सेती अस्पतालका दुई जना चिकित्सकसहितको टोली पनि सँगै आएका छन्। डा केसीका सहयोगी  डा अमृत जैशीका अनुसार केसीको शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुनसक्ने र थप गम्भीर स्थिति देखापर्ने भन्दै तत्काल थप उपचार आवश्यक देखिएको हो।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ६ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।