६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चोरीको मोटरसाइकलसहित पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

७ असोज ०७९, काठमाडौं । काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका १ वाङथली घर भएका २७ वर्षीय पेमा तामाङलाई चोरी गरेको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं बालाजु बाइपासस्थित सडक किनारमा पार्किङ गरी राखेको बाग्मती प्रदेश ०२–०२४ प ८५५० नम्बरको मोटरसाइकल गत भदौ ६ गते चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले
उनलाई चोरी गरेको मोटरसाइकलमा नक्कली नम्बरप्लेट नम्बर राखी चलाई राखेको अवस्थामा फेला पारी गोकर्णेश्वर नगरपालिका ६ नयाँवस्तीबाट पक्राउ गरेको हो ।
उनलाई चोरी गरेको उक्त मोटरसाइकल सहित थप अनुसन्धान तथा कारबाहीको् लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १० : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।