५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बजेटभन्दा बाहिरको हिसाब २४ घण्टाभित्र बुझाउन अर्थलाई आयोगको निर्देशन



७ असोज ०७९, काठमाडौँ । निर्वाचन आयोगले बजेटभन्दा बाहिर गएर गरिएको खर्चको विवरण २४ घण्टाभित्र पेश गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले निर्वाचन घोषणा भइसकेपछि मन्त्रालयबाट भएको बजेटभन्दा बाहिरको खर्च विवरण बुझाउन निर्देशन दिएको हो ।

‘निर्वाचन मिति तोकिइ निर्वाचन कार्यक्रमहरु कार्यान्वयन भइरहेको अवस्थामा व्यवस्थापिका संसदबाट आर्थिक वर्ष २०७९र८० का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमहरुमा नपरेका विभिन्न नयाँ योजनाहरु सिर्जना गरी कार्यक्रमहरुसमेत तयारी गरी नेपाल सरकार, अर्थ मन्त्रालयबाट विभिन्न मन्त्रालय तथा निकायहरुमा बजेट सरमान्तर निकासा र स्रोत सुनिश्चितता गरेको भन्ने विषयमा आयोगको ध्यानाकर्षण भएको छ’, शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले भनेको छ, ‘निर्वाचन मिति तोकिए पश्चात व्यवस्थापिका संसदबाट आर्थिक वर्ष २०७९र८० का लागि स्वीकृत रकम कुन कुन योजना तथा कार्यक्रमरुमा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ,छैन भन्ने विषयमा नेपाल सरकारका अर्थ सचिवबाट २४ घण्टाभित्र निर्वाचन आयोगलाई प्राप्त हुने गरी विवरण पेश गर्ने निर्देशन दिएको छ ।’

सरकारले गत साउन १९ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा गरेको थियो । तर आव २०७९र८० को लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रममा नपरेका विभिन्न नयाँ योजना सिर्जना गरी कार्यक्रम बनाएर अर्थ मन्त्रालय तथा निकायमा बजेट रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरेको विषयमा आयोगको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  २ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।