१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरीको वनस्पति उद्यानप्रति विद्यार्थीको आर्कषण



८ असोज ०७९, ललितपुर । ललितपुर गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान अवोलकनको लागि विद्यार्थीहरुको आर्कषण बढेको छ । अघिल्ला दुई वर्षमा कोभिडको कारणले आगन्तुक घटेपनि कोभिड सहज बन्दै गएपछि आगन्तुकको सङ्ख्या अहिले क्रमशः बढ्दै गएको छ । यो उद्यान वर्षेभरि खुल्ला रहन्छ ।


राष्ट्रिय वनस्पति उद्यानका सूचना अधिकारी गौरव परमारले आर्थिक वर्ष २०७७÷२०७८ मा आगन्तुकबाट रु ७८ लाख ३६ हजार सात सय ५८ राजश्व उठेको बताए । कोभिडको कारणले पर्यटक कम आएको हुनाले राजस्व कम उठेको उहाँको भनाइ छ । गत भदौमा भने रु १८ लाख आठ हजार नौ सय ७१ राजश्व उठेको जनाइएको छ ।


नेपाल सरकार वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको यो उद्यान सन् १९६२ मा स्थापाना भएको थियो । सदावहार वनजस्तो प्राकृतिक वातावरण रहेको यहाँ चिलाउने–कटुस, लालीगुराँस र उत्तिसलगायतका विभिन्न प्रजातिका वनस्पति रहेका छन् । खोला र चराचुरुङ्गीले गर्दा वनस्पति उद्यानलाई झन् रमणीयस्थल बनाएको छ ।


उपत्यकाको अग्लो (२,७६५ मिटर) फुल्चोकीे डाँडाको फेदमा रहेको यो काठमाडौँबाट १६ किलोमिटर दक्षिण पूर्वमा पर्छ । यो उद्यान नेपालको सबैभन्दा पुरानो र ठूलो वनस्पति उद्यान रहेको सूचना अधिकारी परमारले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ६ : ३५ बजे