१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


राजधानीबाट जुवातास खेल्ने दर्जनौं पक्राउ



स्केज : श्याम फुयाँल\ललितपुर खबर

८ असोज ०७९, काठमाडौं । राजधानीका विभिन्न स्थानबाट जुवातास खेल्दै गरेको अवस्थामा दर्जनभन्दा धेरै युवाहरु पक्राउ परेका छन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका ४ नख्खुस्थित बिएण्डबि रेष्टुरेन्ट एण्ड सेकुवा कर्नरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय गोपिलाल सुनार लगायत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २५ हजार ५ सय २५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
साथै भक्तपुरको भक्तपुर नगरपालिका १० कमलविनायक भत्केकोपाटीस्थित चिकेन स्टेशनमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय रामसुन्दर दुवाल लगायत ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख १४ हजार ९ सय ९५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ८ : ०८ बजे