
रबिन्द्र यादव
८ असोज ०७९, नवलपरासी पश्चिम । बेचबिखनको लागि भारततर्फ लैजादै गरेको आशंकामा सशस्त्र प्रहरी बल नवलपरासी पश्चिमले चार युवती र चार पुरुषलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल भुजहवा र भारतीय सुरक्षा सिमा बलको समन्वय र सहयोगमा चारै जना महिलाहरुसंग आवश्यक सोधपुछ गर्दा बेचबिखनको आशंकामा उक्त नेपाली युवतीहरुलाई उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको हो ।
उनीहरुको साथमा रहेका चार नेपाली पुरुषहरुलाई पनि नियन्त्रणमा लिई थप अनुसंधानका लागि माइती नेपाल र ईलाका प्रहरी कार्यालय महेशपुर टोलीलाई जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका सुचना अधिकारी केशवराज थापाले बताए ।
उद्धार गरिएकी युवतीलाई सशस्त्र प्रहरीले माइती नेपालको संरक्षणमा राखेको छ । चारै जना नेपाली युवतीलाई दिल्ली हुँदै कुवेत पठाउने गरिएको सशस्त्र प्रहरी स्रोतले बताएको छ ।







प्रतिक्रिया