६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मनास्लु आधार सिविरमा हिमपहिरो



 

१० असोज ०७९, गोरखा । गोर्खा चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमाल आधार सिविरमा हिमपहिरो गएको छ ।

तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो गएको हो ।आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकरी दिए । यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उनले बताए ।

अहिले हिमपहिरोमा फसेकाहरूको उद्धारका लागि काठमाडौंबाट कैलाश एयरको एउटा हेलिकप्टर पुगसकेको बताइएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  २ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।