१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सूर्यविनायक–धुलिखेल सडक खण्ड ६ लेनमा विस्तार गर्न टेन्डर



१० असोज ०७९, काठमाडौं । सरकारले आफ्नै लगानीमा सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार गर्न बोलपत्र आह्वान गरेको छ । जापानी सहयोग नियोग (जाइका) ले सूर्यविनायक–धुलिखेल सडक खण्ड ८ लेनमा विस्तारको परियोजनाबाट हात झिकेपछि सरकार आफैंले यो सडक दुई खण्डमा विभाजन गरेर विस्तार गर्न लागेको हो ।

सडक विभागको सूर्यविनायक धुलिखेल र धुलिखेल–सिन्धुली सडक आयोजनाका अनुसार साँगा–धुलिखेल खण्डको निर्माणका लागि टेन्डर आह्वान भइसकेको छ । आयोजनाका प्रमुख रवीन्द्रलाल दासका अनुसार करिब साढे ९ अर्ब लागतमा सरकारले आफ्नै स्रोतबाट यो खण्ड विस्तार गर्न लागेको हो ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ६ : २१ बजे