१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


तारकेश्वरमा सुनचाँदी व्यवसायी लुटिए



११ असोज ०७९, काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिका २ काभ्रेस्थली पदमसालमा एक सुनचाँदी व्यवसायी सोमबार साँझ लुटिएका छन् । पसल बन्द गरेर घर फर्कने क्रममा लुटेराको समूहले गोसाईकुण्ड सुनचाँदी पसलका सञ्चालकलाई कुटपिट गरेर २ तोला बराबरको सुनका गरगहना र ४५ हजार रुपैयाँ लुटेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका व्यवसायीलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो । उनको अहिले उपचार भइरहेको छ । घटनापछि फरार समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ३ : ३१ बजे