११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरीको टौखेलमा चोरी




११ असोज ०७९, काठमाडौं । ललितपुरको गोदावरी ३ टौखेलमा चोरी भएको छ । प्रहरीका अनुसार गोदावारी नगरपालिका ३ टोखेल डेरा गरी बस्ने सुनसरी घर भएका ५४ वर्षीय जोगेन्द्र मेहेताको कोठामा चोरी भएको हो ।
मेहेताका कोठाको ताला फोडेर कोठाबाट सुनचाँदीका विभिन्न गरगहना र नगद गरी करिब ७ लाख १८ हजार रूपैयाँ मूल्य बराबरको धनमाल सोमबार चोरी भएको छ ।
साथै भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोट बंगलामुखीस्थित वीर सिं राईको घरबाट नगद १ लाख २५ हजार रूपैयाँ र सुनको औंठी गरी करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
दुवैप्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ६ : १३ बजे