
१२ असोज ०७९, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ हुने सैघ तथा प्रदेशको निर्वाचनका लागि आज बुधबारदेखि आचार संहिता लागू गरेको छ ।
आयोगले राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिदै निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।
आयोगको निर्णय अनुसार प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न बन्देज लगाएको छ । तर उनीहरु कुनै पनि क्षेत्रमा आफू उम्मेदवार भएको खण्डमा भने प्रचार आफ्नो पक्षमा भोट माग्न पाउछन् ।
आयोगले सरकारी कर्मचारी, सार्वजनिक संस्थानले कुनै दलको पक्ष वा विपक्षमा प्रचार गर्न निषेध गरेको छ । उनीहरु कार्यशाला गोष्ठी, सभा सम्मेलन लगायतका कार्यक्रममा समेत भाग लिन पाउदैनन्
आयोगको मंगलबारको बैठकले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ मा भएका कानुनी व्यवस्था कार्यान्वयन र परिपालना गर्न भनेको छ ।
दर्ता भएका दलहरूले निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई उम्मेदवार दिन वा प्रचारप्रचार गर्न, मतदानको अधिकारबाट वञ्चित गराउन, हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्न पाउने छैनन् ।
राजनीतिक दलहरुले प्रचारप्रसार गर्नुअघि स्थानीय प्रशासनको अनुमति लिनुपर्नेछ भने प्रचारप्रसारमा संलग्न व्यक्तिले स्टिकर, टिसर्ट, टोपी लगायतका प्रचार सामग्री बनाउन र प्रयोग गर्न पाउने छैनन् ।
दलहरुले देशव्यापी रुपमा प्रचारप्रसारका लागि दुईजनालाई मात्रै मुख्य प्रचारकको रुपमा व्यवस्थापन गर्नुपर्नेछ । आयोगको अनुमतिपछि मात्र हेलिकप्टर प्रयोग गर्न पाइनेछ ।







प्रतिक्रिया