१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोटेश्वर र नयाँबसपार्कबाट दशैंको मौका छोपेर बढी भाडा लिन खोज्ने १६ जना पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

१२ असोज ०७९, काठमाडौं । ट्राफिक प्रहरीले दशैंको मौका छोपेर बढी भाडा लिन खोज्ने १६ जनालाई काठमाण्डौको कोटेश्वर र नयाँबसपार्कबाट आज बिहान पक्राउ गरेको छ ।
आज बुधबार बिहान उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले काटेश्वरबाट ८ जना र नयाँबसपार्कबाट ८ जनालाई पक्राउ गरेको अजानकारी दिएको छ ।
पक्राउ परेका सबैलाई प्रहरी प्रभाग कोटेश्वर र गंगबुमा राखिएको छ ।
यात्रुहरुलाई अनाबश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता यात्रुलाई दुःख दिने गरेको गुनासोको आधारमा प्रहरीले दशै तिहारको छेको पारेर चेकिङ गर्ने गरेको छ ।
पक्राउ परेका उनीहरुमाथी आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरीने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रबक्ता एवम् प्रहरी बरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले बताएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ११ : १६ बजे