२७ पुस २०८२, आइतबार | Sun Jan 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो, २७ हजार बढी संक्रमित



१२ असोज ०७९, काठमाडौं । डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ११ गतेसम्म मृतकको संख्या ३६ पुगेको छ भने संक्रमितको संख्या २७ हजार ५६९ पुगेको छ ।
हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै काठमाडौंमा नौ हजार ४९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ६ हजार ४९८ र भक्तपुरमा एक हजार ७६ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १७ हजार ७० पुगेको छ ।

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार ६९१ जनामा संक्रमण देखिएको छ । संक्रमितको संख्या दुई सयभन्दा माथि रहेका जिल्लामा काभे्र, धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी, कैलाली र दार्चुला रहेका छन् ।
यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या दुईसयभन्दा कम रहेको महाशाखाको तथ्यांक छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १२ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।