२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लुभुको चसी टोलमा प्रहरी भन्दै घरभित्र पसेर लुटपाट



१३ असोज ०७९, ललितपुर । ललितपुरमा लुटपाट भएको छ । महालक्ष्मी नगरपालिका ८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो। आफूहरु प्रहरी भएको र सुरक्षा जाँचका लागि आएको भन्दै घरभित्र प्रवेश गरेका तीन चार जनाको समूहले लुटपाट गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । लुटेरा समूहले पाँच तोला सुन र ७० हजार रुपैयाँ नगद लुटेको छ ।

लुटपाटमा संलग्न भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । चाडपर्व नजिकिएसँगै यस्ता आपराधिक घटना बढ्ने भन्दै प्रहरीले सचेत रहन आग्रह गरेको छ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १० : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।