२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार



फाइल तस्बिर

१३ असोज ०७९, ग्वार्खो  । शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधार आएको छ । गत वैशाखमा १ सय ३ वर्षमा प्रवेश गरेका जोशीको स्वास्थ्यमा समस्या देखा परेपछि ६ दिन ग्वार्खोस्थित किस्ट अस्पतालमा भर्ना गरिएको थियो । ‘अहिले उहाँको स्वास्थ्यमा सुधार भएको छ , आज टेस्ट गर्न पठाएको रगतको रिपोर्ट ठीक आए दुई दिनपछि घर पठाउँछौं,’ अस्पतालकी नर्स सनम चौधरीले जानकारी दिइन् । डेंगीबाट संक्रमित जोशीको पिसाबमा संक्रमण र दम बढेपछि अस्पताल ल्याइएको थियो ।
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जोशीलाई भेटेका छन् । ललिपतुर महानगर प्रमुख जोशीलाई राखिएको कोठाभित्र प्रवेश गर्ने बित्तिकै जोशीले नमस्कार गर्दै केही बेर कुरा गरेका थिए । वाङमय शताब्दी पुरुष जोशीले नगरप्रमुख महर्जनसँग भने, ‘कला, संस्कृतिको क्षेत्रमा राष्ट्रका लागि मैले गरेको काममा तपाईंले सहयोग गरेपछि थप उचाई पायो, अब राष्ट्रको यी सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी तपाईँको ।’ महर्जनले शताब्दी पुरुष जोशीलाई मलेसियामा भएको सिटीनेटको अधिवेशनमा आफू कार्यसमितिमा निर्वाचित भएको कुरा सुनाउँदा सत्यमोहन उत्साहित देखिन्थे ।

ललितपुर महानगरले जोशीको दैनिक सहज बनाउन सवारीसाधन, ड्राइभर, सुरक्षाकर्मीको व्यवस्था पाँच वर्षअघि गरेको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ३ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।