६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सरकारी अस्पतालमा निःशुल्क सिटामोल पाइने



१३ असोज ०७९, काठमाडौं ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पारासिटामोलको कुनै अभाव नभएको जनाएको छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा पारासिटामोल निःशुल्क वितरण भएको जनाएको छ ।

‘पारासिटामोल औषधि आपूर्ति व्यवस्था सहज बनाउँदै विभिन्न स्वास्थ्य संस्थालाई निःशुल्क वितरणका लागि औषधि उपलब्ध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ , ‘विभिन्न औषधि तथा भण्डारण केन्द्रहरुमा औषधि भण्डारण गरी राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएको छ ।’

त्यसैगरी, निजी स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई पारासिटामोलको उत्पादन र आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण पनि भइरहेको मन्त्रालयको भनाइ छ ।
डेंगु संक्रमणको कारण अहिले बजारमा पारासिटामोलको अभाव छ । काठमाडौं उपत्यकामा सबैभन्दा बढी फैलिएको डेंगु ७७ जिल्लामा पुगिसकेको छ । मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २८ हजार संक्रमित र ३६ जनाको डेंगुको कारणले मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ८ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।