१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेलम्ची नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर




१४ असोज ०७९, सिन्धुपाल्चोक । पछिल्लो समयमा युवाहरू व्यावसायिक कृषिमा जोडिइरहेका छन् । जिल्लामा पनि व्यावसायिक खेती गर्ने र पशुपालनमा जोडिने बढिरहेका छन् । यसका कारण मेलम्ची नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको छ ।
विगतमा उत्पादित दूधलाइ स्थानीय बजारका चिया पसलहरूमा बिक्री गर्दै आएका किसान अब भने सहकारीमार्फत सञ्चालित केन्द्रमा दूध बिक्री गर्ने गरेका छन् ।
दुग्ध उत्पादनका लागि व्यावसायिक पशुपालनमा अहिले युवाको आकर्षण बढिरहेको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवा व्यावसायिक दुग्ध उत्पादनमा लागेका छन् ।
अर्काको देशमा गएर काम गर्नुभन्दा आफ्नै गाँउमा भैँसीपालनमा गर्दा आम्दानी हने दुवाचौरका साने थिङ बताउछन् । उनले भन्छन् , “परिवार पालेर महिनामा ७० हजारसम्म आम्दानी हुने गरेको छु । ”
त्यस्तै मेलम्चीका अर्का किसान जीवन चालिसे दैनिक ८० लिटर दुध बिक्री गरी आम्दानी गरिरहेको र आफू सन्तुष्ट रहेको बताउछन् । पछिल्लो समय पशु तथा कृषि क्षेत्रमा सरकारी अनुदान बढ्नुले पनि व्यक्तिगत रुपमा गाईवस्तु पाल्ने र दूध उत्पादन गर्ने किसानहरु बढ्दै गएका छन् । गाईभैँसीको व्यावसायिक पालनका लागि सरकारले प्रत्येक किसानका लागि अनुदान दिने गरेको छ ।

सरकारको प्रोत्साहनपछि यो क्षेत्रमा पशुपालन गर्नेहरू बढेका छन्, किसानहरुले एउटै फार्ममा कम्तीमा १० देखि ८० वटा सम्म उन्नत नस्लका गाईभैँसी पालेका छन् । डेढ वर्षदेखि व्यावसायिक रुपमा आम्दानी गरिरहेको र केहीलाई रोजगार पनि दिएको केउरानिका अर्का किसान बच्चुराम गिरीले बताए ।
मेलम्ची नगरपालिका क्षेत्रबाट मात्रै दुग्ध चिस्यान केन्द्रमा मात्रै दैनिक सात हजार लिटरसम्म दूध सङ्कलन हुने गरेको छ । सङ्कलन भएको दूध काठमाडाँै निर्यात हँुदै आएको छ । दूध बिक्रीबाट मात्रै यस क्षेत्रका किसानले वार्षिक ३० करोडसम्मको आम्दानी लिने गरेको दुग्ध व्यवसायी शरण चालिसे बताउछन् । उनी भन्छन् “पशुपालन पेसा व्यावसायिक बन्दै गएको छ ।”

मेलम्ची क्षेत्रमा व्यावसायिक रुपमा पशुपालन गर्ने बढिरहेका छन् । उत्पादित दूधको उचित मूल्य निर्धारण हुनुपर्ने तथा प्राविधिक तालिमको व्यवस्था गर्नुपर्नेमा किसानको जोड रहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  १० : ५९ बजे