१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा माओवादी नेता बाबुराज बज्राचार्यको नेतृत्वमा १ सय ५० जना एमालेमा प्रवेश गर्दै




ललितपुर खबर
१५ असोज ०७९, ललितपुर । आज नेकपा माओवादी ललितपुरका नेता वावुराज बज्रचार्यसहित १ सय ५० नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । ललितपुरको च्यासलस्थित नेकपा एमालेको कार्यालयमा आज शनिबार ११ बजे आयोजना हुने बृहत पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा समाजवादीका महत्वपूर्ण नेताहरु प्रवेश गर्ने एक नेताले ललितपुर खबरलाई बताए ।
पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले खादा र माला लगाइदिएर पार्टी प्रवेश गराउने कार्यक्रम छ ।
वावुराज बज्रचार्य गतस्थानीय निर्वाचनमा ललितपुर महानगरको गठबन्धनबाट उपमेयरको उम्मेदवार थिए । उनलाई गठबन्धनको नेपाली काँग्रेसबाट घोका भएपछि उनले लज्जास्पद हार व्यर्होनु परेको थियो । गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार चिरीबाबु महर्जनले ४२ हजार ७ सय २२ मत पाउदा गठबन्धनका उम्मेदवार वावुराज बज्राचार्यले भने १८ हजार ७ सय ४२ मत मात्रै पाएका थिए । ५ वटा दलको संलग्नता रहेको गठबन्धनद दलको विरुद्ध नेकपा एमालेकी नेतृ मञ्जली शाक्यले  २५ हजार ८४ मत पाएर  उपमेयरको निर्वाचन जितेकी थिइन् । उनी तत्कालीन महावादीकी नेतृ रहेकी थिइन् । उनी पार्टी एकतापछि बनेको नेकपाको नेतृत्व गरेका केपी ओलीलाई समर्थन गर्दै एमालेमै रहेर राजनीतिमा सक्रिय छिन् ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ७ : ५० बजे