१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


सुनाकोठीमा कुल्पी यज्ञ हुँदै, सझाइयो ठेचो (तस्विरहरु)



ललितपुर खबर
१६ असोज ०७९, चापागाँउ । ललितपुरको ठेचोमा मनाइने नवदुर्गा भवानीको १२ बर्षे जात्रा अन्र्तगत आज सुनाकोठीस्थित वालकुमारी मन्दिरपरिसरमा कुल्पी यज्ञ गरिदैछ ।\


नवदुर्गा भवानी गुठीका नाइकले भक्तलाल मालीले नवदुर्गा भवानी नाचका लागि प्रयोग हुने मुकुट जगाउनका लागि यज्ञ हुन लागेको बताए । उनका अनुसार बाह्र बर्षमा मुकुट फर्ने हुँदा यो प्रकृया गर्नु परेको हो । उनले भने, ‘हरेक बाह्र बर्षमा सुनकोठीको कुल्पीमा यसरी यज्ञ हुन्छ । ललितपुरको दलचोकी बनबाट ल्याइएको आँगसी बालेर यज्ञ गरिन्छ ।’ यज्ञका लागि केही दिनअघि विधिपुर्वक नांगो खुट्टाले हिडेर आगँसी ल्याइएको थियो ।


यज्ञमा ४ प्रकारको जीवको जोडी चाहिन्छ । यहाँ एक जोडी सर्प,भँगेरा,परेवा र माछामध्ये एउटालाई छोडिन्छ भने अर्कोलाई बली दिइन्छ ।
यज्ञपछि ठेचोको न्हुच्छे गुठीमा च्याङ्ग्राको बली दिइन्छ ।


यज्ञको पुर्वसन्ध्यामा ललितपुरको ठेचोबजार स्वागतद्वार निर्माण गरिएको छ । भने वालकुमारी परिसरमा सरसफाई समेत गरिएको छ ।

 

 

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ९ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।