११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आज भक्तपुर सडकमा खम्ये रागो दौडाउने,राती बली दिइने




१८ असोज ०७९, भक्तपुर । भक्तपुरमा आज मंगलबार खम्ये (राँंगो) जात्रा हुँदैछ ।
प्रत्येक वर्ष दसैंको महानवमीको साँंझ यहाँं खम्ये दौडाएर खम्ये जात्रा गरिन्छ । भक्तपुरमा दसैंको क्रममा हुने विभिन्न जात्राहरुमध्येको एउटा ठूलो जात्रा खम्ये जात्रा हो । प्रत्येक वर्ष दसंैको महानवमीका दिन यहाँं निख्खर कालो ठूलो राँंगोलाई नगरभरि दौडाएर खम्ये जात्रा गरिन्छ । यसलाई स्थानीहरु नेपाल भाषामा खम्ये जात्रा भन्दछन् ।
प्रत्येक वर्ष दसैंमा राष्टपति सवारी हुने भक्तपुरको प्रसिद्ध नवदुर्गा द्योछें (देवता घर)मा राखिराखेको राँंगोलाई साँंझ दौडाएर जात्रा सुरु हुन्छ । दौडाउनु अघि राँंगालाई रक्सी खुवाएर मातन लगाइन्छ । राँंगोलाई देवता घरबाट दौडाउन सुरु गरी नगरभरि परिक्रमा गराइन्छ । केही हुलले खम्येलाई दौडाएर जात्रा हुन्छ । जात्राको दिन राँंगा दौडाउने भक्तपुर नगरभरिका सडकपेटीहरुमा जात्रा हेर्ने भक्तालुहरुको हुल बाटोभरि लाग्छ । भक्तपुर नगरपालिका ९– गछेंस्थित द्योछेंमा राखिएको खम्येलाई भक्तपुर नगरपालिका ८ ब्रम्हायण्ी मन्दिरमा पुयाएपछि जात्रा अन्त हुन्छ ।
विजया दशमीका लागि आवश्यक महिषासुरको प्रतीक मानिने खम्येलाई महानवमीको राति त्यहाँं बली दिइन्छ ।
नवमीको राति ब्रम्हायणीमा राँगाको वध गरेपछि भोलिपल्ट विजया दशमीका दिन त्यहाँ ठूलो मेला लाग्ने गर्दछ । मेला भर्न दसौं हजार श्रद्धालु ब्रम्हायणी पुग्छन् । दशमीमा मेला भर्न ब्रम्हायणीमा भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायत छिमेकी जिल्लावासी त्यहाँ पुग्छन् । राँगाको मासु जात्रामा विभिन्न जिम्मेवारी वहन गर्ने कसाइदेखि नवदुर्गाको मखुन्डो बनाउने चित्रकारसम्म सबैलाई बाँडिन्छ ।

यसअघि राँगोलाई नवमीसम्म द्योछेंमै पालेर राखिने गर्दछ । प्रत्येक वर्ष द्योछेंमा भित्याएपछि नवमीसम्म द्योछेंमा पाल्ने परम्परा चलिआएको छ । राँंगोलाई प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीदेखि नागपञ्चमीको वीचमा देवता घर भित्राइन्छ ।
भित्राइएको राँंगो व्यक्तिले पैसा हालिदिएको हुन्छ । एक लाख भन्दा वढी पर्ने राँंगो किनेर हालिदिन वर्षाै लामो कुर्नुपर्ने हुन्छ । चढाउन चाहनेले क्रमबद्ध रुपमा राँगो चढाउन सक्ने व्यवस्था नवदुर्गा मन्दिरमा मिलाइएको छ ।
भगवानलाई चढाएपछि पुण्य पाइने भएकाले भाकल गरी भक्तालुले पैसा तिरेर राँंगो चढाइदिने चलन छ । वर्षेनी यसैगरी श्रद्धालु भक्तजनले खम्ये जात्राका लागि राँगो दिने गरेका छन् ।
इतिहासविद् डा. वीरेन्द्रप्रसाद कायस्थ खम्ये जात्रा भक्तपुरको दशैंमा हुने विविन्न जात्रामध्ये आकर्षक जात्रा भएको बताउँंछन् । जात्रा हेर्न त्यो दिन नगरभरि भीड हुने उनको भनाई छ । दसैंको क्रममा सवैभन्दा ठूलो जात्रा भने विजया दशमीको दिन ब्रम्हायणीमा लाग्ने जात्रा हो । जुन हेर्न लाखौं मानिस सहभागी हुन्छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ५ : २५ बजे