११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु



२० असार ०७९, काठमाडौं ।  काठमाडौंको महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । नारायणगोपाल चोकबाट शितल निवासतर्फ आउँदै गरेको बा ४२ प ३३१४ नम्बरको स्कुटर ट्राफिक आइल्याण्डमा ठोक्किएर दुर्घटना हुँदा नुवाकोटको शिवपुरी गाउँपालिका–४ का २० वर्षीय आनन्द गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।
स्कुटरको पछाडि सवार दोलखा घर भएका २० वर्षकै सचिन तामाङ घाइते भएका छन् । उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ६ : ३४ बजे