१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा गठबन्धनः काँग्रेस,माओवादी र समाजवादीले लिए एक एक क्षेत्र




ललितपुर खबर
२२ असोज ०७९, ललितपुर । ललितपुरको सबै क्षेत्रमा गठबन्धनले उम्मेदवारीको भाग टुंगो लगाएको छ ।
सहमती अनुसार प्रतिनिधि सभाका लागि ललितपुरको क्षेत्र नम्बर १मा नेपाली काँग्रेसले उम्मेदवारी दिनेछ ।क्षेत्र नम्बर २ मा नेकपा समाजवादीको भाग लागेको छ भने क्षेत्र नं. ३ मा नेकपा माओवादी केन्द्रले उम्मेदवार दिनेछ ।
त्यस्तै प्रदेशसभातर्फ पनि भागबण्डा मिलेको छ । ललितपुर १को क क्षेत्रमा माओवादी केन्द्र र ख क्षेत्रमा नेपाली काँग्रेसले भाग पाएको छ ।
क्षेत्र नं. २को क क्षेत्रमा नेकपा समाजवादीले पाएको छ भने २ मा नेपाली काँग्रेसले उम्मेदवारी दिन पाउनेछ ।
क्षेत्र नं. ३ तर्फ क क्षेत्रमा नेकपा माओवादीको भाग परेको छ । ख् क्षेत्रमा नेपाली काँग्रेसले उम्मेदवारी दिने सहमती भएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ७ : १९ बजे