११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दशैंको बेला काठमाडौंको पालुवारीमा चोरी




२२ असोज ०७९, काठमाडौं । दशैंको मौका छोपी शङ्खरापुर नगरपालिका ५ पालुवारी बस्ने राम केसीको घरबाट सुनका विभिन्न गरगहना र नगद गरी करिब ५ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
घरको दोस्रो तलाको झ्यालबाट कोठाभित्र प्रवेश गरी कोठाभित्रको दराज फोडेर अपरिचित व्यक्तिहरूले उक्त धनमाल चोरी गरी फरार भएको हो । चोरीको सूचनापछि प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ । साथै घटना सम्बन्धमा शुष्म अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ८ : २२ बजे